भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ४९ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ३९ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ४ जना, भक्तपुर नगरपालिकाका ७ जना, मध्यपुर थिमी नगरपालिकाका १२ जना, सुर्यविनायक नगरपालिकाका १३ जना तथा सम्पर्क हुन नसकेका ३ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ७ हजार ६०७ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ६ हजार ४१२ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ९७ जना रहेका छन् । यस्तै, जिल्लामा ३४ जना महिला र ६४ जना पुरुष गरी कूल ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०६ शनिबार
Comments