भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १४७ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १२५ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ६ जना, भक्तपुर नगरपालिकाका १० जना, मध्यपुर थिमी नगरपालिकाका ७० जना, सुर्यविनायक नगरपालिकाका ३१ जना तथा सम्पर्क हुन नसकेका ८ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ६ हजार ३५४ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ४ हजार ९२३ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार २९६ जना रहेका छन् । यस्तै, जिल्लामा २४ जना महिला र ५३ जना पुरुष गरी कूल ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
Comments