भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ८६ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ७८ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका २ जना, भक्तपुर नगरपालिकाका १६ जना, मध्यपुर थिमी नगरपालिकाका ५५ जना र सुर्यविनायक नगरपालिकाका २ जना तथा सम्पर्क हुन नसकेका ३ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल १ हजार ११२ जना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments