भक्तपुर, १ पुस । भक्तपुर प्रहरीले विभिन्न नाकाबाट नियन्त्रणमा लिएको ५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । संचारकर्मीहरुको उपस्थितीमा महानगरीय प्रहरी परिसर भक्तपुर प्रांगणमा रहेको ढलमा फालेर उक्त परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले भक्तपुरका विभिन्न नाकाबाट उक्त अवैध मदिरा बरामद गरिएको जानकारी दिए । उनले घरेलु मदिरा अन्दाजी बजार मुल्य रु. १००।– प्रतिलिटरका दरले रु ५०,००० ।– बराबरको नष्ट गरिएका बताए ।
भक्तपुर प्रहरीले ग¥यो अवैध मदिरा नष्ट
0
Share.
Comments