तेह्रथुम, १ पुस । तेह्रथुमको संक्रान्ति बजारमा आगलागीका कारण १० घर जलेर नष्ट भएको छ । अग्नी सेडाइँको घरबाट सल्किएको आगोलेले १० घर नष्ट गरेको छ । संक्रान्ति बजारको एक भागबाट सुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएकोकोले नियन्त्रणमा आउन मुस्किल परेको छ ।
आगो नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् । आगो निभाउन दमकल पनि नभएको र पानीको पनि अभाव भएको प्रहरीले जनाएको छ । आगलागीबाट थप क्षति हुन नदिन आ–आफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ ।
तेह्रथुममा आगोलागीले १० घर जलेर नष्ट
0
Share.
Comments