काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ७२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ७२८ पुगेको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३३८ पुगेको छ । जसमध्ये २१४१ जना पुरुष रहेका छन् ।
प्रकाशित मितिः२०७७ असार १० बुधबार
Comments