काठमाडौं । नेपालमा आज थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६७५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बारामा २३, रौतहटमा २६, काठमाडौंमा ३, धनुषामा ३ जना, कपिलवस्तरमा ३ जना, सप्तरीमा २ जना, बर्दियामा १, बाँकेमा ४ जना र दैलेखमा ७ जना कोरोना भाइरसको संक्रमित पुष्टि भएको हो ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments