सर्लाही । सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । सर्लाही बलरा नगरपालिका निवासी सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आज आफैंमाथि गोली प्रहार गरेका हुन् ।
आफैंलाई घाँटीमा गोली हान्दा उनी गम्भीर घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।
घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएकोसशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन २५ आइतबार
Comments