बैतडी । पाटन नगरपालिका–६ मा आइतबार बिहान २ बजे जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै दुर्घटनामा जिपमा सवार अन्य ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका–२ का ३६ वर्षीय धन सिंह बडाल रहेको बैतडी प्रहरीले जनाएको छ । धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट जिप पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा हुँदा बडालको घटनास्थलमै मृत्यु भएको हो ।
जिप दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारको लागि धनगढी पठाइएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।जिप सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन् ।
प्रकाशित मितिः २०७६ फागुन २५ आइतबार
Comments