मकवानपुर । चट्याङ लागेर आज बिहान भिमफेदी गाउँपालिका–९ च्याउखोलामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
मृत्यु हुनेमा स्थानीय २३ वर्षीय विजय स्यान्ताङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान अन्दाजी ४ बजेर २० बजे घरमा सुती राखेको बेलामा चट्याङ लागि गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।
सँगै सुतेकी उनकी श्रीमती २२ वर्षीय सविता स्यान्ताङ घाइते भएकी छन् । उनको सोही अस्तपालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार
Comments