काठमाडौं । गोरखामा शुक्रबार बेलुका ट्रयाक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी २३ वर्षीय ट्रयाक्टर चालक यज्ञ भण्डारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जौंवारीबाट चनौती तर्फ जाँदै गरेको ग १ त ४६८२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि दाङ घर भएका २९ वर्षीय सुवास थापा मगर र गोरखाको बारपाक सुलिकोट ८ ताडु निवासी १९ वर्षीय सुमन अधिकारी घाइते भएका छन् ।
घाइते दुबै जनालाई जौंवारीको उपचार पछि राति नै थप उपचारको लागि चितवन रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैैन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार
Comments