मोरङ । मोरङको बुढिगंगा-२ मा नहरमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्जन चौधरीको अढाई वर्षकी छोरी भावना चौधरी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ९ बजे मोरङ सुनसरी सिचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर घाईते भएकी भावनालाई आफन्तले उपचारका लागि बिराट मेडिकल कलेजमा उपचारको क्रममा उनको १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार
Comments