सप्तरी । बोदेबसाइन नगरपालिका–१० खडकपुरमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय बालेश्वर साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।
स १० प ७९१९ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारको क्रममा न्युरो विराटनगरमा मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
Comments