काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरुलाई विशेष कारवाही अभियानमार्फत कारवाही थालेको छ ।
यसरी नम्बर प्लेट नराखेको र स्पष्ट नभएको १७० वटा सवारी र मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका २६ सवारीहरुलाई कारवाहीमा गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।
ट्राफिक नियम उल्लंघन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरुलाई रोक्न नै यस अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।
ती सवारी चालकहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल ५०० देखि १५०० रुपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
Comments