रुपन्देही । सिद्धार्थनगर नगरपालिका–११ नौडिहवामा आज बिहान स्कुल बसको ठक्करबाट अन्दाजी ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका कम्लेस पालका अन्दाजी ४ वर्षीय छोरा रितेश रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार लु १ क २२०४ नम्बरको स्कुल बसले रितेशलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
Comments