सुर्खेत । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
आज बिहान दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जीप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो । प्रहरीका अनुसार जीपमा सवार सात जनामध्ये दुर्घटनामा दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो ।मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
Comments