डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–३ नाधामा आज बिहान जीप पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाकै ठूलीभेरी नगरपालिका–५ का २३ वर्षीय पञ्चे बहादुर बुढा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।
प्रहरीका अनुसार मोतीपुरबाट सुपानीतर्फ यात्रु लिन जाँदै गरेको भे १ च २४६४ नम्बरको जीप सडकबाट करिब २ सय मीटर तल भेरी नदीको किनारमा खस्दा गम्भीर घाइते भएका बुढाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
जीपमा चालक मात्र सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
Comments