भक्तपुर। भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित गणेश मन्दिर ओरालोमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा सुर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटकी ३८ वर्षीया कृपा थापा रहेको प्रहरीले जनाएको छ । बा ९१ प ३२९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको सल्लाघारी स्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments