दाङ । दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । १८ महिने शिशुको उपचारमा लापरबाही गरेको अभियोगमा गढवा गाउँपालिका वडा नम्बर १ पुतली बजारमा युनिक मेडिकल हल सञ्चालन गर्दै आएका चेतराम चौधरीलाइ इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको हो ।
अर्घाखाँची शितगंगा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा शुसान्तको उपचारमा लापरबाही गरेका कारण मृत्यु भएपछि मेडिकल सञ्चालकलाई पक्राउ गरिएको प्रहरी प्रमुख गिरीराज भण्डारीले जानकारी दिए ।
‘निमोनिया भएर उपचारको लागि मेडिकलमा गएको र त्यहाँ मेडिकल सञ्चालकले इञ्जेक्सन लगाएपछि झन बिरामी भएपछि भालुबाङ्ग उपचार गर्न लगियो । त्यहाँ सम्भव नहुने भएपछी बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भयो’, भण्डारीले भने,‘मेडिकल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान जारी छ । इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता भैरहेको छ ।’
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments