काठमाडौं, २९ माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।
विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला धुर्मुसको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले मलेसियाबाट सोचेभन्दा पनि राम्रो साथ, सहयोग र सदभाव पाएको बताएका छन् ।
उनले रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो पाएको समेत बताए । उनले भने, ‘यसले हामीलाई थप हौसला मिलेको छ ।
यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहन्छु।’
प्रकाशित मितिः २०७५ माघ २९ मंगलबार
Comments