काठमाडौं । गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा एक युवाले सडकमा नाङ्गै प्रदर्शन गरेका छन् । अनामनगरको हनुमानथान अगाडि उनले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोध गरेका हुन् ।
उनलाई प्रहरीले तत्कालै पक्राउ गरेर लगेको छ । नाङ्गै प्रदर्शन गर्ने युवा जितिन लिम्बु रहेको प्रहरीले जनाएको छ ।
कानुन सबैलाई लागू गर, ‘जनावर सबै एक हुन्, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर, लेखिएको प्लेकार्डसहित ती युवा नाङ्गै सडकमा उत्रेका हुन् ।
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments