काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । शाहीको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।
पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थलतर्फ गएको छ । शाही चैत १२ गते सोमवार होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए ।
प्रकाशित मितिः २०८० चैत्र १५ बिहिबार
Comments