काठमाडौं । चितवनको एक अस्पतालमा उपचार गर्न टिकट काट्न लाइनमा बसेका एक युवकको ज्यान गएको छ । ‘बकुलहर रत्ननगर अस्पताल’मा ओपीडी सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको बताइएको छ ।
रत्ननगर ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर बिहान १० बजे लाइनमा बसेका बेला अचानक ढलेका थिए । लगतै ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए ।
उनी मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका थिए । लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेको थियो ।
प्रकाशित मितिः २०८० फागुन २७ आइतबार
Comments