काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार १११ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ८ सय ९८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा र ४ सय ७७ एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १ सय ३९ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ । आज थप २३ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८८ हजार ७४२ पुगेको छ ।
प्रकाशित मितिः २०७९ मंसिर १६ शुक्रबार
Comments