काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ९५ हजार ९७७ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १२ हजार १९५ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ६३ र ४ हजार ९६२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ४३ पुगेको छ। आज थप ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९६.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज २५ सोमबार
Comments