काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९८ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ६०४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ६३० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३।१ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ४४६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १० हजार ५३० पिसिआर र ७ हजार १२४ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३०९ पुगेका छन् । पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।
प्रकाशित मितिः २०७८ भदौ ०४ शुक्रबार
Comments