काठमाडौं । उत्तर भारतमा घना हुस्सुका कारण ट्रेन र हवाई सेवा अवरुद्ध भएको छ । आइतबार ११ घण्टाको घना हुस्सुका कारण हजारौंको संख्यामा यात्रु विमानस्थल र रेलवे स्टेसनमा घण्टौं कुर्न बाध्य भए ।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, साढे ७ घण्टा अबेर राति ३ बजेदेखि बिहान १०ः३० बजे जीरो भिजिबिलिटी रहँदा ४०० फ्लाइटको उडानमा ढिलाइ भयो । १० फ्लाइटको बाटो बदल्नुपर्यो भने २० फ्लाइट रद्द गरियो ।
आइतबारदेखि कांग्रेस आईका राहुल गान्धीले आफ्नो ‘भारत जोडो न्याय यात्रा’ को सुरुवात मणिपुरदेखि गरे । खराब मौसमका कारण उनको फ्लाइट पनि ढिलो भएको थियो ।
दिल्लीसहित उत्तर भारतमा कडा चिसो र घना हुस्सु छ । दिल्लीमा न्युनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सिसयमा झरेको छ । त्यहाँको मौसम विज्ञान विभागले दिल्लीमा अझै दुई दिनसम्म निकै घना हुस्सु र शीतलहर चल्ने चेतावनी दिएको छ ।
प्रकाशित मितिः २०८० माघ ०१ सोमबार
Comments