काठमाडौं । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा ३ सयजना लडाकू मारिएका छन् । सोमालियाका सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
मारिनेमा दुईजना अल सबाब सशस्त्र समूहका दुईजना कमान्डर पनि रहेका छन् । देशव्यापीरूपमा गरिएको कारबाहीमा उनीहरू मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् ।
बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् । उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका ३ सय २३ जना लडाकूहरूको ज्यान गएको र अरू कैयौँ घाइते भएका जानकारी दिए ।
प्रकाशित मितिः २०७९ माघ १२ बिहिबार
Comments