काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि भारत गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने भएको छ ।
उपचारका लागि आइतबार भारत गएका उनी दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार भर्ना भएका थिए । लामो समयदेखि पेटसम्बन्धी समस्यावाट पीडित भट्टराई न्युरो (इन्डोक्राइनको ट्युमर) को आशंकामा चिकित्सकको सल्लाहमा नै दिल्ली गएका हुन् ।
मंगलबार वायोप्सी, पेटस्क्यान र अन्य केही परीक्षण गरिएको थियो । ४ दिन पछि रिपोर्ट आए पश्चातमात्र रोगको निक्र्यौल हुने डा. भट्टराईका सचिवालय सदस्य विश्वदिप पाण्डेले जानकारी दिए । उक्त परीक्षण नेपालमा नभएका कारण चिकित्सकको सल्लाहमा नै दिल्ली लगिएको उनले बताए ।
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments