काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्माको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ । बैठकबाट सर्वोच्चको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताइएको छ ।
बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, टोप बहादुर रायमाझी, मणि थाप, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायतको सहभागिता रहेको बताइएको छ । ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश दिएका छन् ।
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments