काठमाडौं । सरकारले गत कार्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचना प्रविधि मन्त्री पार्बत गुरुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषदका दुई बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायक रथीद्वय सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषदले मदन भण्डारी विश्वविधालयमा अधिकृत स्तरका दुइ अस्थायी पदको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।
कार्तिक २७ र मङ्सिर ३ गते बसेको बैठकका निर्णयहरु :
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments