काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट हटाएका छन् ।
नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री भट्टले सोडारीलाई पदबाट हटाएका हुन् ।
सोडारीका बारेमा धेरै गुनासा आएकाले उनलाई हटाउन बाध्य भएको स्रोतले जनाएको छ । यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल समेत गरेका थिए ।
प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments