काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले विमानस्थल बनाउन अर्बौ रुपैयाँ खर्च भएको भन्दै हवाई रुट नपाएको कारण बन्द हुने अवस्था आउनु दुःखद् भएको बताइन् । उनले कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत् उत्पादन सँगै सिँचाइमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय सभा सदस्य घिमिरेले सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिँचाइ हुने भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराइन् ।
प्रकाशित मितिः २०८० चैत्र १६ शुक्रबार
Comments