काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी देउवाको दिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार शल्यक्रिया भएको हो।
दुई वर्षदेखि उपचार गराउँदै आएकी देउवा चिकित्सकको सल्लाहअनुसार शल्यक्रियाका लागि चैत २ मा दिल्ली गएको स्वकीय सचिव कमल रावलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०८० चैत्र १५ बिहिबार
Comments