काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले आफ्नो राजीनामा अध्यक्ष नारायणप्रसाद दाहाललाई बुझाएकी हुन् ।
नयाँ गठबन्धन बनेसँगै भएको दलीय भागबण्डामा उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि माओवादी केन्द्रकी सांसद अर्यालले पद छाडेकी हुन् । सुरुमा नेकपा (एमाले) को भागमा परेको उपाध्यक्ष पद गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) सामेल भएपछि छाडेको थियो ।
संविधानमा अध्यक्ष र उपाध्यक्ष फरक लिंग र फरक दलबाट हुनु पर्ने प्रावधान छ । अध्यक्षमा नारायण दाहाल निर्वाचित भएकाले अब उपाध्यक्षमा महिला नै हुनु पर्ने सुनिश्चित गरिदिएको छ ।
प्रकाशित मितिः २०८० चैत्र १५ बिहिबार
Comments