काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतलनिवासमा आइतबार बिहान आयोजित विशेष समारोहबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । उनीसँगै जसपाकै नवल किशोर साह सुडीले वन मन्त्रीका रूपमा शपथ लिएका छन् ।
जसपाका २ मन्त्री थपिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको छ । सबै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् । अब केही राज्यमन्त्री थप्न सक्ने कोटा मात्र बाँकी छ ।
प्रकाशित मितिः २०८० फागुन २७ आइतबार
Comments