काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । दलको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा दलको नेता, उपनेता, सचेत चयन गर्ने लगायत विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ । दलको नेतामा अध्यक्ष दाहालबाहेक कसैको दाबी नरहेको एक सांसदले जानकारी दिए । उपनेतामा भने नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार
Comments