सिमकोट । मौन अवधि सुुरु हुन केही समय बाँकी रहँदा जिल्लामा गठबन्धन दलका तर्फबाट औपचारिक रूपमा अन्तिम पटक मतदातासमक्ष मत माग्दै र् याली निकालिएको छ। बिहीबार राति १२ बजेबाट मौन अवधि सुुरु हुने भएकाले अन्मित पटक गठबन्धन दलले मतदाताको घरघरमै पुुगेर मत माग्दै र्याली निकालेका हुन्।
कांग्रेस उपसभापति वसन्त रोकायाका अनुुसार गठबन्धन दलको निर्णयअनुुसार अन्तिम पटक औपचारिक रूपमा र् याली निकालेर मत माग्ने कार्य भएको छ। यो कार्य गठबन्धनले सिमकोट गाउँपालिका–६ मा सुुरु गरेको थियो। गठबन्धन जिन्दावादको नारा लगाउँदै र् याली निकालेर मतदाताका घरघरमा पुुगेर मत माग्ने कार्य भएको हो।
आज रातिबाट यसरी प्रचार प्रसार गर्न नपाइने र मौन अवधि सुुरु हुने भएकाले अन्तिम मत माग्ने कार्य गरिएको उनले बताए।कार्यक्रममा विशेषगरी कांग्रेस र माअोवादी केन्द्रका कार्यकर्ता सहभागी थिए। उनीहरूले मतदातालाई मतदान गर्ने कार्य सिकाउनुुका साथै प्रत्यासी उम्मेदवारलाई सहयोग गर्नसमेत आग्रह गरेका थिए।
एक निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ माओवादी केन्द्रका छिरिङ डम्डुल लामा ( कार्चेन )। प्रदेश सभा १ नम्बर क्षेत्रमा माओवादीकै रणसिंह परियार र २ नम्बरमा कांग्रेसबाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुुर शाही प्रत्यासी छन्।
प्रकाशित मितिः २०७९ मंसिर ०१ बिहिबार
Comments