काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच बुधबार जङ्गी अड्डामा भेटघाट भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यस किसिमको भेटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।
प्रकाशित मितिः २०७९ जेठ २५ बुधबार
Comments