काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन् ।बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझावविपरीत सत्तापक्षको प्रभावमा परेर गरिएको भन्दै मतगणना अघि बढाउन समेत माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले बाजुरामा सत्तापक्षले प्रहरी प्रशासनमार्फत नै बुथ कब्जा गरेको र प्रतिकूल ठाउँमा मतदान गर्न नदिएर धाँधली गरेको आरोप लगाए ।
थापाले सत्तापक्षको कब्जाका बाबजुद बाजुरामा एमाले पहिलो दल बनिसकेको भन्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजनाबद्धरुपमा पुनः मतदानको निर्णय गराएको बताए ।
प्रकाशित मितिः २०७९ जेठ २४ मंगलबार
Comments