विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गरेका छन् ।
विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने उद्घोष गरेका हुन् ।
दाहालले पार्टीभित्र विमतीको स्वर राख्नेहरुलाई फेल गरेर देखाउन चुनौती दिँदै व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर मुलुकलाई दुर्घटनामा जानबाट रोकाएको दावी गरे ।
उनले आवश्यकता अनुसार चुनावका समयमा गठबन्धन गर्न परे सत्तारूढ गठबन्धनसँगै गरिने समेत प्रष्ट पारे ।
प्रकाशित मितिः २०७८ फागुन २९ आइतबार
Comments