काठमाडौं ११ फागुन । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि बस्ने बैठकमा संविधान संशोधनमाथि छलफल गर्ने सम्भावित कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि हिजोका लागि तय संसद बैठक कार्यसुचीमाथि सहमति जुट्न नसक्दा सुचना टाँस गरी स्थगित गरिएको थियो । आजको बैठकमा दलहरुबीच थपछलफल गरी संशोधन विधेयक छलफलका लागि अघि बढाउने तयारी भएको बताइएको छ ।
संशोधन विधयकमाथिको सैद्धान्तिक छलफल अघि बढेमा आजैदेखि सांसदहरुले विधेयकमाथि धारणा राख्नेक्रम सुरु हुनेछ । सांसदहरुले बोल्ने क्रम सकिएपछि विधेयकलाई संसदबाट स्वीकृति लिइ ७२ घण्टे संशोधनको समय दिइनेछ । यसैबीच आजको संसद बैठकमा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका सम्बन्धमा महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन तथा स्थानीय तह र निर्वाचन कसुर सजाय विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सुचना पेश गर्ने कार्यसुची पनि रहेको सचिवालयले जनाएको छ ।
Comments