काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ सार्वजनिक भएको छ । डिआर गौतमको शब्द र संगीतमा रहेको गीतले देशभित्रको एउटा भूगोलको चर्चा गरेको छ । कटारी क्षेत्रका भूगोल, पर्यटन, कला संस्कृतिको पहिचानलाई यस गीतबाट चर्चा गरिएको छ । गीतको संगीत संयोजन भने राजु कार्कीले गरेका छन् ।
दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका साजन कट्टेल यस गीतको म्यूजिक भिडियोमा यशोदा कोइराला साथमा अभिनय गरेका छन। यस गीतको सहनिर्देशन प्रकाश दिप तिमल्सिनाले गरेका छन् भने शंकर भुजेलको छायाँकन रहेको यस गीतको भिडियोको सम्पादनमा भने अर्जुन खड्काले गरेका छन् । भिडियोको कोरियोग्राफ र निर्देशन भने सुमोद भारद्वाजले गरेका छन् ।
बहुचर्चित गायक राजेश पायल राई र गायिका लक्ष्मी पुरी प्रधानको आवाजमा सजिएको पुर्वेली भाकाले सजियको उक्त गीत डी। आर गौतमले आफ्नो यूट्यूब च्यानल मार्फत सार्बजनिक गरेका छन। सगरमाथाको प्रवेशद्वार रहेको त्रिवेणी मेला प्रवर्द्धन,विविध सांस्कृतिक स्थल र पर्यटकीय सिसाघारी सिमसार क्षेत्रमा गीतको छायांकन गरिएको थियो। स्थानीय पचास बढी स साना भाइबहिनीद्वारा अभिनित गरिएको गीतमा मौलीक नेपालीपनमा आधारित रहेको पाइन्छ । कटारीको आफ्नोपन कटारीको चिनारी समेट्न सफल डि आर गौतमको सांगीतिक क्षेत्रमा यो पहिलो कोशेली हो।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments