काठमाडौं । सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । युवा फिल्मसले निर्माण गर्न लागेको नेपाली रिमेक भर्सनका लागि प्रमुख पुरुष र महिला कलाकारको खोजी गरिएको हो ।
युवा फिल्मसले प्रमुख पुरुष कलाकारको हकमा २५ देखि ३० वर्षसम्मको उमेर र महिला कलाकारको हकमा २० देखि २२ वर्षसम्मको उमेर तोकेको छ ।
यस्तै सह–अभिनेताका लागि पुरुषको हकमा २५ देखि ३० वर्षसम्म र सह–अभिनेत्रीका लागि २० देखि २५ वर्षसम्मको उमेर तोकेको छ । फिल्मस्ले फिल्ममा अभिनय गर्न इच्छुकले एक तस्वीर, उमेर समूह र फोन सम्पर्क नम्बर पठाउन अनुरोध गरेको छ ।
केही समय अघि ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।
प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार
Comments