भक्तपुर । शिबरात्रीको अवसर छोपेर गाएक कपिल कसपालले बजारमा शिव भजन जय शिव शंकर ल्याएका छन् । भजनमा आवाज गायक कसपाल तथा एन्जेला सिंह श्रेष्ठ को रहेको छ भने शब्द तथा सङीत बद्री नारायण ताम्राकार को रहेको छ।
बुद्द सायमी ले अरेन्ज, मिक्सिङ गरेको यो भजनको दृश्य सम्बन्धि काम ॐकार टेलिभिजन युनिटले गरेको छ । भिडियोको निमार्णमा सुर्य माया कसपाल,प्रीतिश कसपाल,कल्पित कसपाल तथा पार्बती श्रेष्ठले गरेका छन् ।
यस भजनमा भक्तपुर डोलेश्वोर तथा पशुपति क्षेत्रका बिभित दृश्यहरु कैद गरिएको कसपालले जानारी दिए । कसपाल आफैले यस भजनमा स्वर दिएका छन् भने निर्देशन मसेत उनैको रहेको छ । उनले भने शिवरात्रीको आगमलाई मध्यनजर गर्दै बजारमा ल्याएको यो भजन उत्कृष्ट रुपमा पस्कनका लागि आफू र आफ्नो युनिटले सक्दो प्रयास गरेकाले सबैले मन पराइदिनेमा आशा रहेको बताए ।
प्रकाशित मितिः २०७६ फागुन ८ बिहिबार
Comments