ब्ल्याल्ड अडिसनमा फिल्म ‘प्रसाद’को ‘लै लै’ बोलको गीत गाएर चर्चामा आएका सनिश कोच राजु लामाको टिममा छन् । अर्जुन पोखरेलले संगीत भर्ने गीतमा सनिशको आवाज रहनेछ । निर्माण टिमले सनिशसँग औपचारिक सम्झौता गरेका छन् । ‘म यस्तो गीत गाउँछु २’को छायांकन ‘दि भ्वाइस अफ नेपाल’को स्टूडियोमा भईरहेको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । सांगीतिक प्रेमकथाको फिल्म फागुन २३ गतेबाट रिलिज हुँदैछ ।
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार
Comments