काठमाडौं। यस वर्ष २ सुपरहिट फिल्म सुपर ३० र वारको सफलताको आनन्द उठाइरहेका अभिनेता ऋतिक रोशनले आफ्नो अर्को फिल्मको घोषणा गरेका छैनन् । उनले ४ फिल्मको पटकथा पढेर सकेका छन् । सूत्रका अनुसार अहिले ऋतिक आफ्नो होम प्रोडक्सन क्रिश ४ सुरु गर्ने वा अन्य प्रोजेक्टमा काम गर्ने भन्ने दोधारमा छन् ।
फिल्म क्रिश ४ को लागि कलाकारको अडिसन सुरु भइसकेको छ । यो फिल्मको लागि ऋतिकले मृणाल ठाकुरको नाम सिफारिस गरेका छन् । मृणाल ठाकुरले यसअघि सुपर ३० मा ऋतिकसँग काम गरिसकेकी छिन् र अहिले जर्सीको रिमेकका लागि शाहिद कपुरसँग तयारी गरिरहेकी छिन् ।
जर्सीमा मृणाल शाहिद कपूरको अपोजिट भूमिकामा देखिनेछिन् । यो फिल्ममा शाहिदले एक क्रिकेटरको भूमिका निभाउनेछन् । तेलुगु जर्सीको आधिकारिक हिन्दी रिमेकको निर्देशन तेलुगु जर्सीकै निर्देशक गौतमले गर्नेछन् । यो फिल्ममा मृणाल आएसँगै उनको कस्ट्युम र गेटअपको काम सुरु भइसकेको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार
Comments