काठमाडौं । केही समय अगाडी नायक अनमोल केसीले साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्म धुपौरे छोडे । हुनत अनमोलले आफ्नो इन्स्ट्रागाम फिल्मको काम पछाडी सारेको बताएका थिए । तर, उनले फिल्म छाडेको विषयमा मुख खोलेका छैनन् ।
उनले झरना थापाको फिल्म ए मेरो हजुर ४ साइन गरिसकेका छन् । अब, उनी यही फिल्ममा व्यस्त हुनेछन् । अनमोलले फिल्मको काम पछाडी सरेको बताइरहँदा निर्देशन साम्तेन भुटियाले भने फिल्मको काम भईरहेको बताएका छन् । उनले भने, ‘धुपौरे बन्छ, अहिले फिल्मको प्रि–प्रोडक्शनको काम भईरहेको छ ।’ तर निर्देशक साम्तेनले अनमोलले फिल्म छाडेको विषयमा केही बोल्न चाहेनन् । आफैले निर्देशन गरेको फिल्म ‘च च हुई’को प्रेस शोमा निर्देशक साम्तेन यो विषयमा पछि कुरा गरौंला भन्दै तर्किए ।
बुझिए अनुसार अनमोलले यो फिल्म नखेल्ने पक्का भईसकेको छ । अब, अनमोलको ठाउँमा कुन नायकको इन्ट्री हुन्छ त्यसको लागि केही समय कुर्नु पर्ला !
प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार
Comments