काठमाडाैँ । जापानको टोकियोमा दोस्रो पटक आयोजना गरिएको सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ । आइतबार जापानमा सम्पन्न भएको अवार्डमा फिल्म ‘क्याप्टेन’ बाट अनमोल केसीले पपुलर नायकको अवार्ड हात पारे भने फिल्म ’कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड पाएका छन् ।
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म ’छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन् । फिल्म ’गोपी’बाट नायिका वर्षा राउतले पपुलर सह अभिनेत्रीको अवार्ड पाइन् । उत्कृष्ट निर्देशक क्रिटिक्सतर्फ गोपीबाट निर्देशक दिपेन्द्र लामाले अवार्ड पाएका छन् । यस्तै क्रिटिक्स अवार्डमा फिल्म ’प्रसाद’ परेको छ भने फिल्म प्रसादबाटै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले पनि अवार्ड पाएका छन् ।
पप गायकमा ’कर्के नजर’बाट सञ्जिब पराजुली र ’कर्के नजर’बाटै टिका प्रसाईले पप गायिकाको अवार्ड पाए । त्यस्तै आधुनिक गायक तर्फ ’मोहनी’ बाट राजेश पायल राई र गीत ’पिरिम नलाउने’बाट मेलिना राईले अवार्ड पाउन सफल भएका छन् ।
लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका निर्देशक तथा वरिष्ठ कलाकार नीर विक्रम शाहलाई शाहले लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यस्तै मह जोडीलाई पनि सुर्य रत्न सम्मानबाट सम्मानित गरिएको छ । यता क्याप्टेन तथा कलाकार विजय लामालाई सुर्य कलाकारिता सम्मान २०१९ प्रदान गरिएको छ। फिल्म पत्रकारिता पुरस्कारबाट निर्देशक तथा पत्रकार लक्ष्मण सुबेदीलाई नगद २५ हजार जापनिज रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।
५ दर्जन भन्दा बढि कलाकार उपस्थित रहेको अवार्ड कार्यक्रमा दर्शकको संख्या भन्ने न्युन रहेको आयोजकले बताएको छ । जापानमा के नामको अवार्ड गर्छु भनेर दंका पिटेका टिमले अवार्ड गर्न नसकेपछि सुर्य अवार्डको विरुद्व भ्रामक समाचार प्रकाशन गर्ने र अवार्ड बहिस्कारको क्याम्पेनिङ्ग नै चलाउने समुहका कारण दर्शकको संख्यामा कमी भएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।
१५ सयको हल्लामा १ हजार दर्शकको आशा थियो। तर दर्शकको संख्या २ सय ८० को हाराहारीमा मात्र भएको थियो । कार्यक्रममा कलाकार, अतिथी र दर्शक गरेर ३ सय ४० जना बढिको उपस्थित रहेको आयोजकले बताएको छ ।
प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार
Comments