काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको ७१ वर्षको उमेरमा निधन भएको भएको छ । बिहीबार करिब १२ बजे मुम्बईको जुहू क्रिटीकेयर अस्पतालमा उनले निधन भएको हो ।
भारतिय संचारमाध्यम एबीपीका अनुसार लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पीडित उनलाई गत साता अस्पतालले भेन्टिलेटरमा उपचार गरिरहेको थियो ।
उनले छोटी बात, पति पत्नी और वो, मुक्ति, इनकार, रजनीगन्धा, तुम्हारे लिए, स्वयंबर, मगरुर और सफेद झुट जस्ता फिल्ममा अभिनय गरेकी थिइन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ३० बिहिबार
Comments